लहान : सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल विजयी भएका छन्। उनले ४८०४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजपाका रामबाबु यादवले ४६०६ मत पाए।
यस्तै कांग्रेसकी रोहिणीकुमारी यादव ४६६४ मत ल्याई उपप्रमुख निर्वाचित भइन्। उप्रमुखमा राजपाकी मसुदा खातुनले ४४३८ मत प्राप्त गरेकी छिन् ।
कुल १२ वडा रहेको कल्याणपुर नगरपालिकामा कांग्रेसले ४, ९ र १२ वडामा अध्यक्ष जितेको छ। राजपाले १, २, ३, १० र ११ मा वडाध्यक्ष हात पारेको छ। संघीय समाजवादी फोरम नेपालले ५, एमालेले ७, ८ र स्वतन्त्रबाट ६ नम्बर वडाध्यक्ष निर्वाचित भएको कल्याणपुरका निर्वाचन अधिकृत दीर्घराज उपाध्यायले जानकारी दिए ।
सिरहामा अहिलेसम्म तीन नगरपालिका ६ गाउँपालिकाको मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको छ। माओवादी केन्द्रले दुई नगरपालिकासहित चार, कांग्रेसले एक नगरपालिकासहित दुई, संघीय समाजवादी फोरम दुई र एमालेले एक स्थानीय तहमा जितेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।