|

बैतडीः भीरबाट लडेर बैतडीमा एक जनाको ज्यान गएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका– ७ रिखालीका २२ वर्षका जयसिंह कार्कीको दसैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आइतबार बिहान ज्यान गएको हो। 

बिहान करिब २ः३० बजे दोगडाकेदार– ७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कंदै गर्दा मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको तर रिपोर्ट नआएकाले अनुसन्धान नगरिएको जिल्ला प्रहरी कर्यालय बैतडीले बताएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.