|

काठमाडौं: सरकारले वागमती अञ्‍चलमा दर्ता तथा सञ्चालनमा प्रतिवन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सञ्‍चालन भइरहेको पाइएको छ। यातायात व्यावस्ता विभागले अघिल्‍लो साता अनुगमनमा यस्तो फेला पारेको हो।

सरकारले २०५३ सालमै वागमति अञ्‍चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा गुडाउन समेत नपाइने निर्णय गरेको थियो।  यस्तै विभानस्थलमा विभिन्न एयरलाइन्स कम्पनीहरुले सञ्चालन गर्दै आएका सवारीसमेत विनादर्ता सञ्चालन भइरहेको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार विमानस्थलमा भारतीय नम्वर प्‍लेटका सवारी समेत प्रयोग भएको पाइएको छ। इन्डियन एयरलाइन्सले त्रिभुवन विमानस्थलमा भारतीय नम्वर प्‍लेटको सवारी प्रयोग गरेको उल्लेख गर्दै उनले भने 'यो गैरकानुनी कार्य हो, कानुन विपरित भएकोले भौतिक पुर्वधार तथा यातायायात मन्त्रालयलाई पत्र लेखेका छौँ र त्यसको बोधार्थ अख्तियरा दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको छ'।

यस अघि विभागको तर्फबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यलयलाई पत्र लेख्दा उक्त कार्यलयले कुनै चासो नदिएकोले मन्त्रालयलाई नै पत्र लेख्नु परेको भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.