कुनै पनि भद्र सहमति भएको छैन

|

‘भद्र सहमति’ फेरि नेपालको राजनीतिमा एकपटक चर्चाको विषय बनेको छ। तर विगतमा जस्तै यो भद्र सहमति अभद्र ढंगले अवज्ञा भएको वा हुन लागेको भनेर टिकाटिप्पणीहरु पनि हुन थालेका छन्। केपी ओली नेतृत्वको सरकार संकटमा पर्नै लाग्दा वा नेपाली कांग्रेसले माओवादीलाई आफै नेतृत्व गरेर सरकार बनाउ भनेर भन्दै गर्दा बैशाख २३ गते सत्तारुढ नेकपा एमाले र तत्कालीन एकीकृत नेकपा माओवादीबीच ९ बुँदे सहमति भयो। ९ बुँदे सहमति देखिने विषय थियो भने अन्तर्यमा नदेखिने गरी सहमति भएको थियो भनिएको छ र यसैलाई भद्र सहमति भनिएको छ। त्यो भद्र सहमतिको अर्थ बजेट आइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व गर्ने भनेर अहिले चर्चा छ। भद्र सहमति भएको थियो वा थिएन प्रष्ट छैन तर त्यसका दुईवटा ‘नायक’ हरु अहिले विपरित ध्रुवमा उभिइरहेका छन्।

तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जो अहिले माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्छ, उहाँ भद्र सहमति भएको थियो भनेर भनिरहनुभएको छ भने नेकपा एमालेभित्र पनि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालका भनाईहरु पनि यस्तै आएका छन्। झलनाथ खनालले त काँध फेर्ने सहमति भएको हो भनेर पनि भनिसक्नुभएको छ। तर यसलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वीकार गर्नुभएको छ। र, सहमति भएको भए देखाउ भनेर उहाँले चुनौती दिनुभएको छ। विवाद बढ्दै जाँदा दुईवटा राजनीतिक दलहरुबीच दूरी बढ्न थालेको आभाष भएको छ। वर्तमान केपी ओली नेतृत्वको सरकार जोगाउन ९ बुँदे सहमति हुँदा सक्रिय भूमिका खेल्ने मध्येका एकजना नेता नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि हुनुहुन्छ। थाहाखबरका दीपेन्द्र कुँवरले भएको भनिएको भद्र सहमति र ९ बुँदे सहमतिको एक नम्बर बुँदामा उल्लेख भएको राष्ट्रिय सहमतिको अर्थ के हो भनेर सोधेका छन्।

सुन्नुहोस् अन्तर्वार्ताको अडियो-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.