|

गोरखा : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्तिले कांग्रेस गरेको तालमेलमा प्रतिक्रान्ति देख्ने माअोवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दृष्टि दाेषपूर्ण रहेको बताएका छन्। नयाँ शक्ति पार्टीका संयोजक रहेका भट्टराईले स्थानीय निर्वाचनमा छोरीलाई जिताउन कांग्रेससँग तालमेल गरेको यति चाँडै नभुल्न प्रचण्डसँग अाग्रह गरे।

‘आफ्नी छोरी जिताउन कांग्रेससँगको तालमेल प्रतिक्रान्ति नहुने’, शुक्रबार क्षेत्र नं. १ को बतासे र शनिबार गोरखा नगरपालिकामा घरदैलो कार्यक्रममा उनले भने, ‘नयाँ शक्तिको तालमेलचाहिँ प्रतिक्रान्ति हुने?’ कात्तिक ३० गते पालुङटारमा आयोजित सभामा वामगठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भोट माग्दै प्रचण्डले कांग्रेसलाई प्रतिक्रान्तिकारी शक्तिको संज्ञा दिएपछि भट्टराईले प्रचण्डलाई यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘कांग्रेस १२ बुँदे समझदारीदेखिको सहयात्री हो’ उनले भने ‘कांग्रेस प्रतिक्रान्तिकारी शक्ति हो भने उहाँले भनेजस्तो हिजोका राजा महाराजासँग मिलेर सहकार्य गर्नुचाहिँ के हो त? कांग्रेसले जिताएको होइन भरतपुरमा तपाइँकी छोरीलाई?’ 

बाबुराम भट्टराईलगायत लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट माग्न शनिबार कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, उद्योगपति एवं कांग्रेसका समानुपातिकतर्फका उम्मेद्वार विनोद चौधरी र  नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धर पालुङटार आउँदै छन् ।  

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.