|

सुर्खेतः सुर्खेतका राजनीतिक दलहरु सोमबार चुनावी प्रचारका लागि भ्याइनभ्याई थिए। उनीहरुले शक्ति प्रदर्शनसहित चुनावी सभा गरिरहेका थिए। सोमबारराति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलहरुले शक्ति प्रर्दशनसहित सभा गरेका हुन्। जिल्लामा नेपाली कांग्रेस, वाम गठबन्धनसहितका दलहरुले चुनावीसभा गरे।
कसरी मागे वाम गठबन्धनले भोट

प्रमुख अतिथिका रुपमा चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष एवम् एमालेका प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले वाम गठबन्धनले यसपटकको निर्वाचनमा बहुमत ल्याएरै छाड्ने दाबी गरे। उनले देशमा अहिलेको आवश्यकता नै कम्युनिस्टहरुको एकता भएको भन्दै पार्टी एकता गरेर स्थायी सरकार बनाउने बताए। उनले गठबन्धनदेखि आतिएको नेपाली कांग्रेस चुनाव नतिजापछि वेपत्ता हुने बताए। उनले गठबन्धन कुनै पनि पार्टीका विरुद्ध नभएको भन्दै समयको माग भएको बताए। 

यस्तै, सभामा माओवादी केन्द्रका नेता तथा पूर्वगृह मन्त्री शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेसको नेतृत्वमा देश रहँदा विकासले गति लिन नसकेको भन्दै विकास र स्थायी सरकारका लागि वाम गठबन्धन नै चाहिने बताए। उनले सबैभन्दा विपन्न र विकट प्रदेशका रुपमा रहेको प्रदेश नम्बर ६ लाई विकसित र सम्पन्न बनाउनका लागि वाम गठबन्धनको बहुमत सहितको सरकार बन्नु आवस्यक रहेको बताए। 

के गर्‍यो का‌ग्रेसले?

मौन अवधि सुरु हुने भएपछि अन्तिम दिन प्रचारमा रहेको नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्दै घण्टाघर चौकमा चुनावी सभा गर्यो। नेपाली कांग्रेसको सभामा लोक गायिका राधिका हमालले आफ्नो प्रस्तुतीमार्फत भोट मागिन्। 

सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले यसअघि आफूले सुरु गरेका विकास निर्माणका अधुरा काम पुरा गर्न आफ्नो जीत आवस्यक रहेको बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.