|
सुर्खेतबाट नवनिर्वाचित जनप्रतिनिधिहरु

सुर्खेत : प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी नतिजामा वाम गठबन्धनले क्लिन स्विप गरेको छ। २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन  क्षेत्र रहेको सुर्खेतमा सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन्।

यसपटक सुर्खेतमा चुनावी प्रतिस्पर्धा निकै रोचक बन्यो। विगतदेखि स्थानीय तहसम्म आइपुग्दासम्म बलियो मानिएको नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभामा कमजोर देखिएको छ। कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्का अपराजित यात्रामा पूर्णविरामसमेत लाग्यो।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला राज्यमन्त्रीदेखि सुर्खेत जेलब्रेकका कमान्डरसम्म चुनावी मैदानमा रहेको सुर्खेतमा यसपटक वाम गठबन्धनले कांग्रेसलाई पराजित गरेको हो। सुर्खेत प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ध्रुवकुमार शाही विजयी भए भने

२ को ‘क’ मा माओवादी केन्द्रका ठम्मर विष्ट, ‘ख’ मा खड्क खत्री विजयी भएका छन्। यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धनका एमाले उम्मेदवार नवराज रावत विजयी भएका छन्। यस्तै, २ को ‘क’ मा वाम गठबन्धनका एमाले उम्मेदवार यामलाल कँडेल र ‘ख’ मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.