|

दाङः दाङमा समानुपातिकतर्फ प्रमुख तीन दलबीच समान प्रतिष्पर्धा देखिएको छ। कुल एक लाख आठ हजार ८७० मत खसेकोमा ४० हजार ५४५ मत गणना हुँदा दाङमा एमाले, कांग्रेस र माओवादीको समान मत ११÷११ हजार देखिएको छ।

४० हजार मत गणना हुँदा दाङमा समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले ११ हजार ६६० मत पाएको छ भने नेपाली कांग्रेसले ११ हजार ५९१ मत पाएको छ। त्यस्तै गोलाकारभित्रको हसिया–हथौडामा माओवादी केन्द्रले ११ हजार ४० मत पाएको छ। त्यसैगरी विवेकशील साझा पार्टीले तराजुमा एक हजार २४०, राष्ट्रिय जनमोर्चाले गिलासमा ३०७, हसिया तारामा माले २३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले गाईमा २३५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गोलाकारभित्र हलोमा १५९, नयाँ शक्ति पार्टी नेपालले ६२ मत पाएका छन्। 

प्रदेशतर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले ११ हजार २७२, नेपाली कांग्रेसले १० हजार ९८३, माओवादी केन्द्रले १० हजार ५६३, विवेकशील साझा पार्टीले ९२२, राष्ट्रिय जनमोर्चाले २ ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५८, एकल चिह्न हसिया ताराले २२१, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १५४ र  नयाँ शक्ति पार्टी नेपालले ७७ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.