|
झापामा मतदानका लागि जाँदै गरेकी एक वृद्धा।

भद्रपुर (झापा) : जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४.७४ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ३.६० प्रतिशत मत बदर भएको छ। जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ लाख १८ हजार १ सय ८१ मत खसेकोमा १८ हजार ९ सय १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ४ लाख १७ हजार ६ सय २८ मत खसेकोमा १४ हजार ५ सय ४ मत बदर भएको छ। 

निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेका अनुसार प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर १ मा खसेको ७३ हजार ३ सय ३ मध्ये २ हजार ६ सय ६७ मत बदर भएको छ। क्षेत्र नम्बर २ मा खसेको ८५ हजार ६ सय ५६ मध्ये ३ हजार ६ सय ९९ मत बदर भएको छ। त्यस्तै क्षेत्र नम्बर ३ मा खसेको ८३ हजार २ सय ४४ मध्ये ४ हजार ३ सय १२ मत बदर भएको छ।

क्षेत्र नम्बर ४ मा ७७ हजार १ सय ९२ मध्ये ३ हजार ५ सय ३६ मत बदर भएको छ। क्षेत्र नम्बर ५ मा ९६ हजार १९ मध्ये ४ हजार ६ सय ७४ मत बदर भएको छ। यति धेरै संख्यामा मत बदर हुनुले जिल्लामा मतदाता शिक्षा प्रभाावकारी हुन नसकेको देखिएको सरोकारवालाहरु बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.