|

दमक (झापा) : झापाको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भए पछि पहिलो पटक गृह जिल्ला आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर व्यस्त भए।

ओलीले क्षेत्र नं. ३ मा पर्ने भद्रपुरदेखि विजय सभामा संवोधन गर्न क्रम शुरु गरेका थिए भने गृह नगर दमक आइपुग्दा साँझ ६ बजेको थियो। दमकसमेत पर्ने आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा संवोधन गर्नुअघि उनले भद्रपुर, विर्तामोड, धुलावारी र सुरुङ्गामा भएका सभालाई संवोधन गर्न भ्याए। गृहनगर दमकमा भएको सभालाई संवोधन गर्दै उनले चुनावी प्रचारका बोलेका कुरा र गरेका प्रतिवद्धता हावामा बोलिएका नभई गर्नकै लागि भनिएको बताए। अब किसानदेखि मजदुरसम्मले महसुस गर्ने गरी परिवर्तनको आभास दिलाउने बताए।

देशलाई कसरी विकास गर्नु पर्छ सवै योजना बनाइएको भन्दै उनले आफू र वाम गठबन्धनले चुनाव जित्नका लागि मात्रै हावादारी कुरा नगरेको बताए। ओलीले ओलीले निर्वाचनको जीत पर्याप्त नभएको बताएका छन्। 

सोमबार साँझ दमकमा आयोजित विजय सभामा संवोधन गर्दै उनले निर्वाचनको परिणाम वामपन्थीहरुको पक्षमा आए पनि अब देशलाई समृद्धिको यात्रामा अघि बढाउन र नागरिकलाई परिवर्तनको महसुस गराउने कार्यभार आएको बताए। सभामा उनले यस पटकको निर्वाचन क्रान्तिकै एक रुप भएको भन्दै यसलाई नागरिक र मतदाताले सफल बनाइदिएको भन्दै धन्यवाद दिए। सभामा झापाबाट निर्वाचित भएका सवै संघ र प्रदेशका उम्मेदवारहरु सहभागी थिए।

लिङ्देनको प्रशंसा

संवोधनका क्रममा ओलीले झापाको क्षेत्र नं. ३ बाट निर्वाचित भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको खुलेर प्रशंसा गरे। लिङ्देन वाम गठबन्धनको सहयोगमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजति गरी प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

लिङ्देनको प्रशंसा गर्दै ओलीले लिङ्देन जनताले दिएको स्वर्ण पदक हातमा बोकेर उदाएका नेता भनी प्रशंसा गरे। पुराना पुराना राजनीतिक खेलाडीलाई पराजित गरेर लिङ्देन उदाएको भन्दै उनले विगतमा राजाले नियुक्ति गरेको सभापति भएर, आफूहरुसँग भिडेर केहि गल्ती गरेको भए पनि अब त्यो राजेन्द्र र अहिलेको राजेन्द्रमा धेरै परिवर्तन आएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.