|

धनकुटा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एमालेले कांग्रेसको तुलनामा तेब्बर मत पाएको छ। समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभामा ४९ दलले मत पाएका छन्। 

एमालेले ३० हजार ९ सय ४७ मत पाएको छ। कांग्रेसले १२ हजार ३ सय २० मत पाएको छ। माओवादी केन्द्रले ७ हजार ४ सय ४९ मत पाएको छ। त्यसैगरी राप्रपा प्रजातन्त्रिकले ६ हजार १ सय ६१, संघीय समाजवादी फोरमले २ हजार ५ सय ५४, एकीकृत राप्रपा (राष्ट्रवादी)ले ८ सय २५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ६ सय ८९, विवेकशील साझाले ५ सय ४७ र नयाँ शक्तिले २ सय मत पाएका छन्।

१ लाख ५ हजार १ सय ८८ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाको समानुपातिकमा ६८ हजार ७ सय ७२ मत खसेकोमा ५ हजार ६ सय ६० मत बदर भएको छ।

यसैगरी प्रदेशसभा तर्फ पनि एमाले पहिलो पार्टी बनेको छ। प्रदेश सभा क मा एमालेले १३ हजार ९ सय ९६ मत ल्याउँदा कांग्रेसको पक्षमा ७ हजार ६ सय २ मत आएको छ। माओवादी केन्द्रलाई ३ हजार ९ सय ११ मत मात्रै आएको छ। त्यसैगरी संघीय समाजवादी फोरमले २ हजार २५, राप्रपा (प्रजातान्त्रिक)ले १ हजार ६ सय ५९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ६ सय ९४, एकीकृत राप्रपा राष्ट्रवादीले ४ सय ४७, विवेकशील साझाले २ सय ६३ र राप्रपाले १ सय ५८ मत पाएको छ।

प्रदेश सभा 'क' तर्फ २७ दलले मात्रै मत पाएका छन्। खसेको ३६ हजार ३ सय १५ मत मध्ये ३१ हजार ४ सय ६० मत सदर भएको छ भने ४ हजार ८ सय ५५ मत बदर भएको छ।  

३२ हजार ४ सय ५७ मत खसेको प्रदेशसभाको 'ख' निर्वाचन क्षेत्रको २७ हजार ७ सय १२ मत सदर र ४ हजार ७ सय ४५ मत बदर भएको छ। दुवै प्रदेशमा गरी प्रदेशसभा सदस्यतर्फको समानुपातिकको ९ हजार ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एकै  प्रयोजनका लागि दुई वटामा स्वस्तिक छापा लगाएको, औंठाछाप लगाएको लगायत कारणले मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेशसभा 'ख' मा पनि एमाले समानुपातिकमा पहिलो भएको छ। मत परिणाम अनुसार प्रदेशसभा क्षेत्र 'ख' मा एमालेले १४ हजार ३ सय ३२, राप्रपा प्रजातान्त्रिकले ३ हजार ७ सय ३८,माओवादी केन्द्रको पक्षमा ३ हजार ६ सय ९० र कांग्रेसले ३ हजार ६ सय ४९ मत प्राप्त गरेका छन्। त्यस्तै संघीय समाजवादी फोरमले ७ सय ८, एकीकृत राप्रपा राष्ट्रवादीले ६ सय २८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ सय २९, विवेकशील साझाले १ सय ४८ र राप्रपाले १ सय ६१ मत प्राप्त गरेका छन्।

प्रदेशसभा 'ख' मा पनि २७ दलले मत पाएका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिए। प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्षतर्फ तीनै उम्मेदवार वाम गठबन्धन एमालेबाट विजयी भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.