|

काठमाडौं: प्रतिनिधिसभा सदस्यमा १६० निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउदाँ नेपाली कांग्रेसका उम्मेदवार २१ स्थानमा विजयी भएका छन्। हामीले समचार तयार पार्दा सम्म परिणाम आउन बाँकी ५ स्थानमा पनि कांग्रेसको अग्रता छैन।

दुई नम्वर प्रदेशमा गठबन्धन गररेका तराई केन्द्रित दल र अन्य प्रदेशमा वाम गठबन्धनका उम्मेदवारसंग प्रतिस्पर्धा गरेका कांग्रेस उम्मेदवारले २१ स्थानमा नतिजा निकाल्ला सबै भन्दा बढी वाम गठबन्धनका उम्मेदवार निकटतम प्रतिस्पर्धी बने।

कांग्रेसले जितेका स्थानमा ९ वटामा एमाले,७ मा माओवादी केन्द्र र २/२ स्थानमा राजपा र फोरम नेपालमा उम्मेदवार निकटतम प्रतिस्पर्धी बने। त्यस्तै काठमाडौं १ मा साझा विवेकशीलका रविन्द्र मिश्र निकटतम प्रतिस्पर्धी बने। कांग्रेस उम्मेदवारले सबै भन्दा  रुपन्देही ५ मा १२ हजार ६५ मतान्तर र सबै भन्दा कम उदयपुर १ मा ५४८ मतान्तरले विजयी भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.