|

काठमाडौं : तपाईं कतै सडकमा फोहर फाल्ने त गर्नुहुन्न? यदि त्यस्तो बानी छ भने होस् गर्नुहोस्। सडकमा फोहर फाल्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ। 

यसरी नै जथाभावी फोहर फाल्ने २४ जनालाई ललितपुरको पुल्चोक क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। विहान र राती जथाभावी फोहर फाल्नेहरुलाई बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

'ललितपुर उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा प्रहरीले सहयोग गरेको हो', उनले भने 'जथाभावी फोहर फाल्नेलाई सजक र सभ्य बनाउन हामीले पक्राउ गरेका हौं।'

प्रहरीले विजय खड्की, कान्छा खड्की, सलिम खान, दानबहादुर ताम्राकार, विनोद विष्ट, राकेश मालिकलगायतलाई पक्राउ गरी उपमहानगरपालिकाको जिम्मा लगाएको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.