|
फाइल फोटो

स्याङ्जा : स्याङ्जाको केवरे भञ्ज्याङ्ग गाविस-७ उपप्लो ताप्केमा गएराति पहिरोमा पुरिएर एकैपरिवारका ३ सहित ४ जनाको मृत्यु भएको छ। 

मल्याङकोट-९ घर भइ तीजका लागि माइत गएकी ३० वर्षीया होमकुमारी मर्स्याङ्गी, उनकि ७ वर्षीया छोरी पुनम, एक वर्षीय छोरा मिलन र ७८ बर्षीया चन्द्रकुमारी सारुको मृत्यु भएको हो। अरु तीन जना भने पहिरो आउन थालेपछि भागेर बच्न सफल भएका छन्। 

उनीहरुले अहिले छिमेकीकोमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ। घटनापछि पुगेको सुरक्षाकर्मीको टोलीले बिहान ४ बजे शव निकालेको थियो। राति २ बजे घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.