|

कपिलवस्तु :  कपिलवस्तु नगरपालिका ४ भवानी भिक्षु चोकमा ट्याक्टर पल्टदा त्यसमा सवार एकजनाको मृत्यु भएको छ।

तौलिहवाबाट निग्लिहवा जाँदै गरेको लु १ त १५१५ नम्बरको ट्याक्टर आइतबार दिउँसो पल्टदा कपिलवस्तु नगरपालिका ४ देवनगढियाका ५१ वर्षका निवर हलवाईको मृत्यु भएको प्रहरीले जनाएको छ। आलु बोकेर गइरहेको सो ट्याक्टरको अगाडिको चक्का फुस्कदा पल्टिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.