|

हेटाैडा : माघ २७ मा सभामुख चयन गर्ने घाेषणा गर्दै प्रदेश नम्बर ३ काे पहिलाे बैठक बिहीबार सम्पन्न भएकाे छ। एमाले सबैभन्दा ठूलाे दल रहेकाे यस प्रदेशमा साेही पार्टीबाट मुख्यमन्त्रीसँगै सभामुख चुनिँदैछन्।

'सभामुख म हुन्छु' भनेर अहिलेसम्म कसैले मुख खाेलेका छैनन्। तर मुख्यमन्त्रीमा दाबी गर्ने भने एमालेभित्रबाट पाँच जना देखिएका छन्। वाम गठबन्धनमा प्रदेश नम्बर १,३,४ रु ५ मा एमालेेले मुख्यमन्त्री लिने सहमति भएकाे छ। त्यस्तै, प्रदेश १ र ३ मा एमालेबाटै सभामुख बन्ने सहमति छ। एमाले सांसद अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीकाे दाबेदारका रुपमा देखिएकी छिन्।

काठमाडौं निर्वाचन क्षेत्र-८ (ख) बाट विजयी शाक्यले बिहिबार बसेको संसद्काे  पहिलो बैठकमा पार्टीको तर्फबाट सम्बोधन गरिन्।  तर,उनलाई सजिलै मुख्यमन्त्री बन्न् सम्भव् छैन अरू नेताले पनि यो पदमा दाबी गर्दै आएका छन्। मुख्यमन्त्री दाबी गर्ने अन्य नेतामा धादिङ निर्वाचन क्षेत्र-१ (क) बाट विजयी राजेन्द्र पाण्डे पनि छन्। 

त्यस्तै, काठमाडौं क्षेत्र-७ (क) बाट विजयी केशव स्थापित पनि संसद बैठकस्थल परिसरमा पत्रकारसँग आफू मुख्यमन्त्री हुने भन्दै थिए। दोलखाबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गरेका पशुपति चौलागाईँ पनि मुख्यमन्त्रीका अर्का दाबेदार देखिए। ज्येष्ठ सदस्य हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षतामा गरेका मकवानपुरबाट विजयी डोरमणि पौडेल पनि मुख्यमन्त्रीको चाहना राख्नेमध्येमा पर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.