|

काठमाडाैं : सामान्य प्रशासन मन्त्रालयले गत १४ असाेजमा १ हजार ६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेकाे थियाे। ती कर्मचारी मन्त्रालयले खटाएकाे ठाउँमा नगई राजधानीमै बसेर हाजिर गरिरहेका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएकाे भन्दै कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयसँग ताकेता गर्दै अाएकाे छ। सामान्यले कर्मचारी सरुवा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले स्थानीय तहमा कर्मचारी अभाव भएकाे स्थानीय मन्त्रालयका कर्मचारीकाे भनाइ छ।

सामान्य प्रशासनले मन्त्रालयकाे कार्यक्षेत्र कर्मचारी सरुवा गर्ने मात्र भएकाे भन्दै सरुवा कार्यान्वयन हेर्ने अधिकार नभएकाे दाबी गरेकाे छ। सामान्यले असाेज १४ गते सरुवा गरेका कर्मचारी उपसचिवदेखि खरिदार तहसम्मका छन्। उनीहरुलाई शिक्षा, भूमिसुधार तथा श्रम मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयबाट सरुवा गरी स्थानीय तहमा पठाइएकाे थियाे। तर सरुवा भएका कर्मचारीहरुलाई सम्बन्धित कार्यालयले रमाना नदिई अाफ्नै कार्यालयमा हाजिरी गराएर राख्ने गरेका छन्।

सामान्य प्रशासनका प्रवक्ता शिवराम न्याैपानेले मन्त्रालयले गत १४ असाेजमा सरुवा गरेर पठाएकाे कर्मचारीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा नगएकाे बताए। सामान्यले सरुवा गरी पठाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयले सम्बन्धित ठाउँमा हाजिरी गर्न पठाउनुपर्ने उनकाे भनाइ छ। उनले भने, 'सामान्यले सरुवाकाे चिठी दिएकाे कर्मचारीलाई स्थानीय तहमा हाजिरी गर्न पठाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयकाे हाे।' सामान्यले सरुवा गरेर पठाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयले काजमा अाफ्नाे कार्यालयमा राखेका कारण सरुवा भएका कर्मचारी सम्बन्धित ठाउँमा नगएकाे उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.