|

काठमाडाैं : चिकित्सा शिक्षा क्षेत्रमा सम्बन्धन, सिट निर्धारणलगायतका विषयमा भएका अनियमिततामा संलग्न भएका विश्वविद्यालय तथा मेडिकल काउन्सिलकाे ४३ जना पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेकाे छ। १० महिनाअघि गठित चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ अायाेगले प्रतिवेदनमार्फत कारवाहीकाे सिफारिस गरेकाे हाे। विशेष अदालतका पूर्वन्यायाधीश गाैरीबहादुर कार्की संयाेजक, डा. उपेन्द्र देवकाेटा र सूर्य गाैतम सदस्य थिए।

अायाेगले अाइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाए पनि पदाधिकारीले कारवाहीका लागि सिफारिस गरेका व्यक्तिकाे नाम सार्वजानिक गरेका छैनन्। संयाेजक कार्कीले कारवाहीमा परेकाकाे नाम सार्वजनिक गर्ने र कारवाही थाल्ने काम सरकारकाे भएकाे बताए।

सदस्य देवकाेटा उपचारका क्रममा विदेश रहे पनि इमेलमार्फत प्रतिवेदन हेरेर सहमति जनाएपछि बुझाएकाे संयाेजक कार्कीले बताए। शिक्षामन्त्री गाेपालमान श्रेष्ठ, मुख्यसचिवलगायतका उच्च अधिकारी उपस्थित कार्यक्रममा प्रतिवेदन बुझेपछि प्रधानमन्त्री देउवाले कार्यान्वयनकाे प्रतिबद्दता गरे। उनले प्रतिवेदन शिक्षामन्त्रीलाई हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.