|

काठमाडाैं :  नेपाल राष्ट्र बैंकले अाफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरकाे 'बम्पर प्याकेज' सुविधा दिने तयारी गरेकाे छ। राष्ट्र बैंक बैंकहरुकाे पनि  बैंक हाे। राष्ट्र बैंक उच्च स्राेतका अनुसार याे प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँ बराबरकाे बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई अाएका सबै  शीर्षकअन्तर्गत  भत्तामा साढे १८ प्रतिशतकाे वृद्धिसमेत  समेटेकाे छ। हाल बैंकमा १ हजार २५० कर्मचारी छन्। 

घरजग्गा सापटी रकम नयाँ  कर्मचारीका लागि एकमुष्ठ हाे भने पुरानाका लागि थप २७ लाख रुपैयाँ लिन पाउने अाकर्षक सुविधा हाे। घरजग्गा सापटीसहित भत्ता वृद्धिसमेत जाेड्दा राष्ट्र बैंकलाई एकैचाेटी पाँच अर्ब रुपैयाँ बराबरकाे व्ययभार पर्नेछ। केन्द्रीय बैंकका कर्मचारीअाबद्द तीनवटा युनियनसँग छलफल गरेपछि बैंक सञ्चालक सदस्य रामजी रेग्मी संयाेजक रहेकाे समितिले उक्त बम्पर प्याकेज सुविधा कार्यान्वयनका लागि मंगलबार सञ्चालक समितिमा  सिफारिस गरेकाे छ।

याे समितिले गत पुस दाेस्राे सातादेखि सुविधा वृद्धिबारे छलफल गर्दै अाएकाे थियाे। सञ्चालक समितिले रेग्मीकाे संयाेजकत्वमा गठन गरेको उक्त समितिमा दुई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक उपेन्द्रकुमार पौडेल सदस्य छन्। समितिको मंगलबार बसेको १०अाैं बैठकले यस्तो सिफारिस गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.