|

काठमाडाैं : नेकपा एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुकाे बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दाैड चलेकाे छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छा  देखाएकी छन्। एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दाबी गरेका छन्। भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन्।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग राष्ट्रपतिमा दाेहाेरिन इच्छा दर्शाएकी छिन्। गत महिना  माअाेवादी केन्द्रका अध्यक्ष दाहाल परिवारलाई राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र प्रचण्डलाई बोलाएर 'लन्च मिटिङ' गरेकी छन्। एमालेभित्रबाट वरिष्ठ नेता खनालले सार्वजानिक रूपमै राष्ट्रपतिमा दाबी प्रस्तुत गरेका छन्। उनले राष्ट्रपति दोहोरिन नहुने र पार्टीले जिम्मेवारी दिए त्यसका लागि तयार रहेको बताइसकेका छन्।

माओवादी केन्द्रसँग अहिलेसम्म भएका छलफलमा उसले राष्ट्रपति पदमा दाबी गर्ने संकेत गरेको छैन। पछिल्लो घटनाक्रमबारे जानकार एमालेका एक नेताले भने, ' त्यसैले एमालेभित्र राष्ट्रपति हुनका लागि दौड र दाबी सुरू भैसकेको छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.