|

काठमाडाैं : सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न  विभिन्न तहबाट दबाब दिन थालेका छन्। सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन्। सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ।

सामान्य प्रशासनले बुधबार ८ सय कर्मचारीलाई विभिन्न प्रदेशमा सरुवा गरेकाे छ। श्रेणीविहीनसहित दुई हजार कर्मचारी प्रदेशमा पठाउने मन्त्रालयकाे याेजना छ। तर सरुवामा परेका केही कर्मचारी नयाँ ठाउँमा जान अानाकानी गरेकाे स्राेतकाे दाबी छ। सरुवा भइसकेकालाई सम्बन्धित कार्यालयले काजमा राखेकाले पनि कर्मचारी जान अानाकानी गरेकाे स्राेतकाे भनाइ छ। यस्ताे प्रवृत्ति मालपाेत कार्यालयमा बढी देखिएकाे स्राेतले बतायाे।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्याैपानेले भने' 'सामान्यकाे जिम्मेवारी कर्मचारी सरुवा गर्ने हाे। सरुवा गरिएकाे कर्मचारीलाई सम्बन्धित कार्यालयमा खटायने, नखटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयले लिनुपर्छ।' सरुवामा पर्नेमा नेपाल ट्रष्टको कार्यालय, गृह मन्त्रालय र हुलाकका समेत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.