|

काठमाडौं : राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मूर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कसको नेतृत्वमा गठन हुन्छ भन्ने अझै अनिश्चित छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन्। संविधानको धारा ७६ मा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ। सोही धाराको उपधारा (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तर, प्रतिनिधिसभातर्फ कुनै पनि दलले स्पस्ट बहुमत ल्याएका छैनन्। प्रत्यक्षतर्फ ८० क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको एमाले र ३६ सिट जितेको माओवादी केन्द्रबीच अन्तिम परिणाम सार्वजनिक हुनुअघि नै पार्टी एकता भए उनीहरुको प्रत्यक्ष र समानुपातिक गरी झन्डै दुईतिहाइ नजिक १ सय ७४ पुग्नेछ।

यस्ता छन् विकल्प
१)  एमाले–माओवादी केन्द्र
२)  माओवादीको समर्थनमा एमाले
३)  फोरमसहितका दलहरुको समर्थनमा एमाले
४) एमाले समर्थनमा फोरम
५) एमालेबाहेकका समर्थनमा माओवादी
६) ठूलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.