|

काठमाडौं : संघीय व्यव्स्था कार्यान्वयनका लागि ७ वटै प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ। यसै क्रममा ६ वटा प्रदेशमा मुख्यमन्त्रीको लगभग टुंगो लागेको छ। 

सात प्रदेश मध्ये ६ वटामा बाम गठबन्धनका तर्फबाट र प्रदेश  नम्बर २ मा मधेश केन्द्रित दलहरुबाट मुख्यमन्त्री बने देखिएको छ। वाम गठबन्धनको सहमति अनुसार  एमालेले ४ र माओवादी केन्द्रले २ प्रदेशमा मुख्यमन्त्री पाउने भएको हो।

प्रदेश २ मा संघीय समाजवादी फोरमबाट लालबाबु राउत मुख्यमन्त्री बन्नेछन्। प्रदेश १ मा एमालेबाट शेरधनराई, प्रदेश तीनमा एमालेकै डोरमणि पौडेल, प्रदेश ५ मा एमालेका शंकर पोखरेल, प्रदेश ६ मा माओवादीका मोहनबहादुर शाही, प्रदेश ७ मा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नेछन्।

त्यस्तै प्रदेश ४ मा एमालेको भागमा परेको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लागेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.