|

काठमाडाैं  :  नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे 'टाइगर प्यालेस रिसोर्ट' को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम  गरिरहेको भेटिएको छ। सम्बद्द स्रोतका अनुसार नि:शुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रूपन्देही तिलोत्तमा नगरपालिका १७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर  प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्म तहमा कार्यरत छन।

नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएर मात्र काम् गर्न पाउछन्।  तर , ती पाँच विदेशी भने श्रम स्विकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो।  उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ। टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रोपैया लगानी छ।

नेपालमा दक्ष जनशक्ती जत्ति पनि छन्।  विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केहि समय काम गरेपछि दक्षता हस्तान्तरण गरी छोड्नुपर्छ,' टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले भने, 'यसबारे मैले क्यासिनोको प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभरसँग धेरैपटक भन्दा पनि उनले बेवास्ता गर्दै आएका छन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.