|

मकवानपुर : प्रदेश ३ का सांसदहरुलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधाका दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ। 

मकवानपुर बाहिरका सांसदहरुलाई हेटौंडा आसपासमा सरकारी भवनमा निवासको सुविधा दिने निर्णयको चौतर्फी स्वागत भए पनि किस्तामा घडेरी दिने निर्णयको भने आलोचना भएको हो। हेटौंडाको होटलहरुमा लज भाडामा ४० प्रतिशत र खानामा १५ प्रतिशतको छुट पाइरहेका अधिकांश प्रदेश सांसदरुले उपमहानगरपालिको  दिएको अफरको तीव्र रूपमा विरोध गरेका हुन्। 

सभामुख र उपसभामुखलाई बधाई दिने तथा प्रदेशसभा नियमावली सस्यौंदा समिति गठन गर्ने कार्यसूची रहेको प्रदेशसभा बैठकमा समेत आइतबार सांसदले घडेरीको कुरा उठाए। राप्रपा संसदीय दलकी नेता एवं रामेछापकी सांसद रीता माझीले प्रदेशसभा बैठकमै हेटौंडा उपमहानगरपालिकाले सांसदलाई जग्गा दिने घोषणाको असन्तुष्टि जनाइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.