|

तेह्रथुम : ग्रामीण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले स्थानीय तहको पुन:संरचना गरेपछि घरजग्गाको मूल्य आकाशिएको छ। गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन्। जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ।

पुन:संरचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ। केही महिनाअघिसम्म असुविधा रहेका भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको छ। केन्द्र तोकिएका बजारमा चहलपहल बढ्दो छ। ती बजारमा घरजग्गाको कारोबारसमेत आकाशिएको छ। 

कुनै सम्भावना नभएको ठहर गरिएका गाउँका बजारमै निकै शक्तिशाली स्थानीय सरकारका कार्यालयहरु स्थापना हुन थालेपछि गाँउबासी उत्साहित भएका छन्। गाउँका बजारमा दिनदिनै घर जग्गा किनबेच र निर्माण हुन थालेका छन्। यसअघि पाइने मूल्यको दोब्बर दिँदा पनि स्थानीयले घर घडेरी बिक्री गरेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.