|

काठमाडौं:  एक वर्षअघि तत्कालीन युवासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि निकै चर्चामा आएको नाम हो मनोज पुन। त्यसपछि २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता थियो। 

हत्यापछि फोन गरेर उनी हत्या आफूले गराएको बताउने गर्थे। मनोज बुढामगर वास्तविक नाम भई मनोज पुनका नामले चिनिने उनी  प्रहरीको खोजी सूचीमा थिए। 

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनी लामो भारतमा लुकेर बसिरहेको जानकारी पाएपछि २०७३ भदौमा प्रहरी प्रधान कार्यालयमार्फत भारतमा पत्र काटिएको थियो। 

पुन रुपन्देही देवदह नगरपालिका– २ का बासिन्दा हुन्। युथफोर्स गठन भएको केही समयपछि उनी रूपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न थिए। 

५ वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा अापराधिक काम गरेको भन्दै उनी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका थिए।

पार्टीबाट अलग भएपछि अापराधिक क्रियाकलाप सुरू गरेको प्रहरी बताउँछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.