|

काठमाडौं :  दातृ निकाय एसियाली विकास बैंक (एडिबी)ले नेपालमा विभिन्न विधामा उत्कृष्ट संस्थालाई अवार्ड प्रदान गरेको छ।  प्राकृतिक प्रकोप व्यवस्थापन, आयोजना व्यवस्थापन तथा वातावरण र सामाजिक सुरक्षा अनुगमनलगायत विभिन्न विधामा राम्रो काम गरेका संस्थालाई अवार्ड प्रदान गरेको हो। 

एडिबीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको टिमलाई अवार्ड प्रदान गरेको छ। पुनर्निर्माण प्राधिकरणलाई बेस्‍ट प्रोजेक्ट टिम अवार्ड प्रदान गरेको छ। प्राधिकरणको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई अवार्ड प्रदान गरिएको हो।

 त्यसैगरी, सामुदायिक सिँचाइ परियोजना, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता कार्यक्रमअन्‍तर्गत सडक सञ्जाल परियोजना र बाग्मती सुधार आयोजनालाई  उत्कृष्ट परियोजना व्यवस्थापन अवार्ड प्रदान गरिएको हो।

सडक सञ्जालका लागि कालिका कन्स्ट्रक्सन नेपाल र एकीकृत सहरी विकास आयोजनाका लागि चाइना गोञ्जाउ शर्मा एण्ड कम्पनीले उत्कृष्ट ठेकेदार कम्पनीको अवार्ड पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.