|

चितवन : अभिनेत्री श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ।  दोस्रो सातामा पनि राम्रो व्यापार गरेपछि चलचित्र कान्छीकाे युनिट यतिबेला दर्शकसँगै बसेर खुसी साट्न मोफसल यात्रामा छ।

शुक्रबार हेटाैँडाका दर्शकमाँझ बसेर चलचित्र हेरेको युनिटले शनिबार भने चितवनका मुख्य-मुख्य हलमा पुगेर दर्शकसँग खुसी साटेको छ। कान्छी अर्थात् श्वेता खड्का, कलाकारहरू विनोद न्यौपाने, दीलिप पन्त  र निर्देशक आकाश अधिकारीले चितवनको इन्द्रदेव सिनेमा, क्यूएफएक्स हलमा र गणेश चलचित्र मन्दिरमा दर्शकसँगै बसेर चलचित्र हेर्दै खुसी साटेका थिए।

अभिनेत्री श्वेतालाई सिनेमा हलमा भेट्दा दर्शकले सेल्फी लिन तछाड मछाड नै गरे। निकै मन छुने भन्दै चलचित्र कान्छीको प्रशंसा पनि गरेका थिए। दर्शककले आफूले हेरेको चलचित्रकी नायिका आफूसामु पाउँदा पालो कुरीकुरी सेल्फी लिएका थिए।

निर्देशक आकाश अधिकारीले चलचित्र हेर्न आएका दर्शकलाई धन्यवाद दिदै भने, ‘आफूले बनाएको चलचित्र मन पराइ दिएर आफूलाई अझै काम गर्ने हौसला मिलेको छ।’ कलाकार दीलिप पन्तलाई दर्शकले दामीदामी रोल निकै मन परेको बताउँदा खुसीेको सीमा नै थिएन।

चलचित्र  कान्छी दोस्रो सातामा पनि चितवनका सम्पूर्ण हलहरूमा प्रदर्शन भइरहेको छ। हेटौँडा हुँदै चितवन आएका चलचित्र युनिट शनिबार नै बुटवलतिर लागेको छ।

चलचित्रमा श्वेता खड्का र दयाहाङ राई अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेस्रोलिंगी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ। काया फिल्मको व्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ। चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन्।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रमा याम थापाको स्क्रिप्ट रहेको छ। कान्छीमा प्रज्जवल सुजल गिरी, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरूको पनि अभिनय रहेको छ। 

चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भुजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.