|

चितवन : रत्ननगर नगरपालिका–७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ। भान्सा घरमा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले आइतबार उद्धार गरेको हो।

उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए। 

खाना पकाउन जाने क्रममा भान्साघरमा अजिंगर देखेपछि खबर गरेका थिए। कोषका सुनिल कँडेलसहितको प्राविधिज्ञ गएर अजिंगरको उद्धार गरिएको भट्टराईले जानकारी दिए। 

चितवन राष्ट्रिय निकुञ्जको मध्येवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तुहरु बाहिर निस्किने गर्छन्। त्यस्ता वन्यजन्तुलाई निकुञ्जले उद्धार गरी पुन: पुरानै बासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.