|

काठमाडौं : नेपाल खाद्य संस्थानले यो वर्ष लक्ष्यअनुसार धान खरिद नगर्ने भएको छ। धानको मूल्य बढेकाले संस्थानले यो वर्ष कम धान खरिद गर्ने भएको हो।

महँगो मूल्यमा धान खरिद गरेर उपभोक्तालाई सहुलियतमा वितरण गर्न नसकिने भन्दै संस्थानले कम परिणाममा धान खरिद गर्न लागेको हो । संस्थानले अहिलेसम्म एकलाख क्विन्टल धान गरिद गरेको छ।

संस्थानका प्रवन्धक श्रीमणिराज खनालले मूल्य बढेकाले यो वर्ष धान कम खरिद गरिने जनाए। ‘दुईलाख क्विन्टल खरिद गर्ने लक्ष्य रहे पनि अहिले एक लाख क्विन्टलमात्र धान खरिद गरिएको छ’, उनले भने, ‘खरिद मूल्य नै महँगो पर्न गएकाले गत वर्षको तुलनामा कम खरिद गछौं’। संस्थानले गत वर्ष २ लाख ५८ हजार क्विन्टल धान खरिद गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.