|

काठमाडौं :  नेपाल प्रहरीले राष्ट्र बैंकको स्वीकृतिबेगर गैरकानुनी रुपमा आर्थिक कारोबार गर्ने संस्थाको खोजी कार्य अघि बढाएको छ।

बैंक तथा वित्तीय संस्था एवं सहकारीको भन्दा बढी ब्याजदर उपलब्ध गराउने प्रलोभनमा सर्वसाधारणबाट गैरकानुनी रुपमा रकम उठाउने गिरोह पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ परेपछि ब्यूरोले अन्य जिल्लामा पनि अनुसन्धान थालेको हो।

राष्ट्र बैंकले पनि यस्तो अपराधमा संलग्न विरुद्धको अभियानलाई निरन्तरता दिन ब्यूरोलाई अनुमति दिएको छ। व्यूरोले वित्तीय संस्थानसम्बन्धी ऐन २०७३ विरुद्ध कसुर गरेको अभियोगमा त्यस्ता व्यक्ति तथा स‌ंस्थाको कारेबारमाथि छानबिन अघि बढाएको जनाएको छ। यस्तो अपराधमा संलग्न गिरोहले सर्वसाधाणबाट उठाएको रकम चर्को व्याजमा अरुलाई नै लगानी गर्ने गरेको पनि खुलेको छ।

व्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले इटहरी, विराटनगर, धरानलगायत स्थानबाट गैरकानुनी रुपमा रकम असुल्ने अाठ संस्थाका संचालक तथा कर्मचारी पक्राउ परेपछि त्यस्तै किसिमको अपराध अन्य जिल्लामा पनि हुन सक्ने भन्दै ‘विशेष अपरेसन' चलाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.