|

काठमाडौं : वायु प्रदूषणमा सवारीसाधन सबैभन्दा धेरै जिम्मेवार रहेको विभिन्न अध्ययनको निष्कर्ष रहे पनि सरकारले आयातित सवारीमा प्रदूषण मापदण्ड भने परिवर्तन गर्न सकेको छैन।

सवारीसाधनको प्रदूषण मापदण्ड यूरोपेली मुलुकले विकास गरेकाले यूरो वान, टू लगायतमा मापन गरिन्छ, जुन विश्वभर मान्य हुने गरेको छ।  २०५६ देखि नेपालमा आयात हुने सवारी प्रदूषण मापदण्ड यूरो वान लागू भएको थियो भने २०६९ देखि यूरो वानबाट सिधै यूरो थ्री लागू गरिएको थियो।

तर त्यसयता प्रदूषण मापदण्ड परिवर्तनको प्रगति सामान्य छलफलमै सिमित भएको छ। भारत सरकारले भारतमा २०१७ को अप्रिल १ देखि सबै प्रकारका सवारीमा बीएस–फो कार्यान्वयनमा ल्याएको छ। बीएस–फोर यूरो फोरसरह हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.