|

रौतहट : कलाकार एवं समाजसेवी सीताराम कट्टेल 'धुर्मुस' र  कुञ्जना घिमिरे 'सुन्तली' होली खेल्न केही अघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर नमूना बस्ती पुगेका छन्।

उनीहरूले निर्माण गरेको उक्त बस्तीमा मुसहर समुदायको बसोबास रहेको छ। करिब ३ सय जनसंख्या रहेको मुसहर बस्तीका लागि धुर्मुस र सुन्तलीले ४७ घर निर्माण गरेका थिए।

आफैले निर्माण गरेको बस्तीमा होली खेल्न पुगेका धुर्मुसले सामाजिक सद्भाव बढाउनका लागि होली खेल्न मुसहर बस्ती आएको बताए। उनीहरूले बस्तीका बालबालिका, युवायुवती र बुढापाकासँग एकआपसमा रङ दलेर होली मनाएका थिए।

तराईका जिल्लामा शुक्रबार होली मनाइँदैछ। पहाडी जिल्लामा भने बिहीबार नै होली मनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.