|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्वमा अवाञ्छित क्रियाकलाप प्रदर्शन गर्ने ३९ जनालाई पक्राउ गरी कारबाही गरेको छ। त्यसमध्ये गम्भीर प्रकृतिका घटनामा संलग्न ७ जनालाई भने सार्वजनिक मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

फागुन १७ र १८ गते दुईदिन मनाइएको होली पर्व सभ्य, मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउन चितवन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो। विशेष सुरक्षा योजनाअनुसार अवाञ्छित क्रियाकलाप देखाई जबरजस्ती होली खेल्नेलाई कारबाही गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उपरीक्षक थापाले भने, ‘अर्काको इच्छा विपरित जवरजस्ती रंग, लोला हान्ने, सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, शान्ति र अमनचयनमा बाधा पु¥याउने जस्ता उछृङ्खल गतिविधिमा संलग्नलाई मात्र कारबाही गरिएको छ।’

पक्राउ परेका ३९ जना मध्ये ७ जनालाई कसुरको मात्राअनुसार केही सार्वजनिक अपराध र सजायँ ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको र बाँकी ३२ जनालाई सचेत गराई अभिभावकको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

चितवनमा मनाइएको दुइदिने होलीका क्रममा मापसे गरी सवारी साधन चलाउने, मोटरसाइकलमा २ जना भन्दा बढी चढ्ने, हेल्मेट नलगाउने तथा अनियन्त्रित गतिमा सवारी चलाउने समेत गरी ४८ वटा मोटरसाइकल नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार चालकलाई पनि कारबाही गरिएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।  

प्रहरी होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन होली सुरु हुनु भन्दा एकहप्ता अगाडिदेखि नै सुरक्षा योजनाअनुसार लागिपरेको थियो। प्रहरीले होलीमा भएगरेका गतिविधि र कारवाहीबारे शनिबार एक सार्वजनिक सूचना जारी गरी विगतको भन्दा यसपालीको होली शान्तिपूर्ण भएको जनाएको छ। चितवनमा दुइदिन नै होली मनाइने चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.