|

काठमाडौं : सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्सेनि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ।

नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करिव नौ मेगावाट मात्र उत्पादन हुन सकेको अवस्था छ। विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो हज नभएका विज्ञहरुको भनाइ छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा सरकार र ऊर्जा क्षेत्रका अधिकारी र विज्ञहरुले गर्वका साथ भन्ने गरेका छन्, ‘नेपालको पानी अधिकतम उपयोग गरेमा दुई लाख मेगावाट त जलविद्युत्बाटै  उत्पादन हुन्छ।’ तर, जब अहिलेसम्मको उत्पादन स्थिति कस्तो छ भन्ने प्रश्न आउँछ, त्यतिबेला भने लज्जजनक अवस्था देखिन्छ।

पछिल्लो समय १३ मेगावाट सिक्लेस हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित माड्कुखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा कुल उत्पादन एक हजार मेगावाट नाघेको छ। नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १०६ वर्षपछि बल्ला एक हजार मेगावाट विद्युत् उत्पादन क्षमता नाघेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.