|

बुटवल : सरकारी विद्यालय एकापसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन्। बुटवल कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन्।

गाभिएर विद्यालय बनाउनका लागि दुवै विद्यालयका व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच छलफल र सहमतिमा बुटवल उपमहानगरपालिकामा निवेदन गरिएको छ। वडा हुँदै आएको निवेदनलाई आवश्यक प्रक्रियापछि उपमहानगरले गाभिएको निर्णय गर्ने कालिकाका प्रधानाध्यपक घनश्याम पाठकले बताए।

कालिका उत्कृष्ट नतिजाका कारण राष्ट्रिय स्तरमा नै ख्याति कमाएको विद्यालय हो भने मानव ज्ञानचाहिँ न्यून विद्यार्थी संख्या र औसत शैक्षिक गुणस्तर भएको विद्यालय हो। ‘दुई वर्षअघिदेख मर्जको कुरा उठेको हो। तर, सुरुमा मानव ज्ञान मावि रहेको रामनगरका स्थानीय समुदायले चासो दिनुभएन। अहिले भने उहाँहरु नै मर्जका लागि सक्रिउ भएर आएपछि सम्भव भयो,’ पाठकले भने, ‘यी दुई विद्यालयको मर्जरपछि करिव १० हजार विद्यार्थीलाई पढाउन सक्ने विद्यालउ हामी बन्नेछौं।’

दुई विद्यालयको मर्जरले गुणस्तरीय शिक्षाका लागि निजी शैक्षिक संस्थामा जानुपर्छ भन्ने मान्यतामा रहेका विद्यार्थी र अभिभावकले धेरै राहत पाउने पाठकको विश्वास छ। बुटवल–१० का वडा अध्यक्ष पदम थापा र रामनगर विकास समितिका अध्यक्ष वसन्त गौचनको पहल र सक्रियतामा दुई विद्यालय मर्ज सम्भव भएको रामनगरका स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.