|

चितवन  : चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा गैँडाका दुईवटा केटा(बच्चा) छन्। एउटा खोरभित्र र अर्को खोरबाहिर। यी दुई केटा अहिले सौराहामा रमाउँदै छन् र पर्यटकलाई रमाइलो पनि दिँदै छन्।

खोरबाहिर रहेको ती केटा पर्यटकहरु पैदल घुम्दै गर्दा पनि भेटिन्छन्। कहिलेकाहीँ सौराहातिर नै आइपुग्छन्। गैँडा हेर्नकै लागि सौराहा आउने पर्यटकहरु नजिकबाटै गैँडा हेर्न पाउँदा खुसी हुन्छन्।

‘एउटा केटो दूध, बन्दा, फलफूल, गाँजर खाएर हुर्कंदै छ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले भने, अहिले दुईवटै तन्दुरुस्त छन्।’ अर्को भने आफैँ जंगल गएर चर्छ। साँझ फर्किएर आउँछ। आएन भने जंगलबाट खोजेर ल्याइन्छ।

ठूलो डेढ वर्षको भयो। केही महिनाअघि पश्चिम चितवनको मेघौलीमा जंगल र बस्ती गर्न थालेपछि उद्धार गरेर ल्याइएको हो। अर्को सानो केटो भने बाढीले बगाएर भारत पुर्याएको थियो। ८÷९ महिनाको केटोलाई खोरमा राखेर पालनपोषण गरिँदै आइएको छ।

साउनमा बाढीले बगाएर भारतको शिवपुरी गढीमा पुर्याएको थियो। दिनभरि नजिकैको उखुबारीमा बस्ने र राति भएपछि घरमा गएर बाच्छोसँग बस्ने गर्थ्यो। उसको अवस्था जोखिम देखेर उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउँछन्।

अहिले दुईवटै गैँडा सौराहामा रमाउँदै छन्। तीन वर्षअघि आँखा नउम्रेको एक जोडी चितुवाको बच्चालाई लाहानबाट उद्धार गरिएकोमा यहीँ ल्याएर उपचार र पालनपोषण गरी जंगलमा पुनस्थापित गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत डा आशिष गुरुङले बताए।

सौराहामा रहेका दुई केटालाई पनि यसैगरी पुनःस्र्थापित गर्ने प्रयास गरिने कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन्। यसअघि, यसरी उद्धार गरिएका वन्यजन्तुहरु कतिपय उपचार सफल भएर पुनः जंगलमा पुनःर्स्थापित गरिएको छ। तर, धेरैजसो भने असफल भएका घटना छन्।

कुनै दिन एक्कासि बिरामी पर्यो भने यस्ता ठूला वन्यजन्तुहरु बचाउन भने सकस हुने गरेको छ। अघिल्लो एक वर्षको अन्तरालमा बाढीलगायत विभिन्न कारणले चारवटा केटा मरेका थिए।

नेपालमा जुनसुकै क्षेत्रमा गम्भीर प्रकृतिका यस्ता जनावर उद्धार गरेर चितवन ल्याइन्छ। चितवन र बर्दिया तथा चिडियाखानामा यस्ता वन्यजन्तुको उपचार प्रयास हुन्छ। त्यसैले वन्यजन्तुको उपचार प्रभावकारी गराउनु जरुरी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.