|

काठमाडौं : मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको छ। 

सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो। मर्ज भएर बनेका मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो। 

मर्ज भएर बनेका मन्त्रालयको सांगठानिक संरचना नबन्दा समेत अन्योल थपिएको छ। मर्जका कारण एउटै मन्त्रालयमा तीन जनासम्म सचिव छन्। तर मन्त्रालयको सांगठानिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा के कति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको मन्त्रालयका सचिवहरु बताउँछन्। 

नयाँ सरकारगठन भएसँगै संविधानको प्रावधानअनुसार सकारले मन्त्रालयको संख्या तीसबाट घटाएर १७ बनाएको थियो। एमाले र माओवादीले मन्त्री कसलाई बनाउने भन्ने टुंग्याउन नसकेको र संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिता विषयमा छलफल चलिरहेका कारण मन्त्री नियुक्तिमा ढिलाई भएको हो। हाल प्रधानन्त्रीले ६ मन्त्री मात्रै नियुक्त गरेका छन्। यी मन्त्री संरचना पुरानै रहेका मन्त्रालयमा नियुक्त भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.