|

भैरहवा : लगातार दुई वर्ष धानको उत्पादन बढे पनि खाद्यान्नको परनिर्भरता घट्न सकेको छैन। अघिल्ला वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष धान र गहुँको उत्पादन बढेको सरकारी तथ्यांक छ।

आन्तरिक उत्पादन बढेसँगै आयात कम हुने आस गरिए पनि चामल, मकै, गहुँजस्ता मुख्य खाद्यान्नको आयत बढेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामै चामल, मकै र गहुँका लागि झण्डै साढे २६ अर्ब रुपैयाँ विदेशिएको छ।

गत साउनदेखि माघ मसान्तसम्मको सात महिनामा २६ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ मूल्यको अन्न आयात भएको विभागले जनाएको छ। गतवर्षकाे तुलनामा यसपटक तीन अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएकाे भन्सार विभागको तथ्यांकमा रहेकाे शाखाका निर्देशक विनोदशरण आचार्यले बताए। गत आर्थिक वर्ष २०७३/७४ का सात महिनामा २३ अर्ब ५८ करोड ७९ लाख ९८ हजार रुपैयाँको चामल, गहुँ र मकै आयात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.