|

काठमाडौं : यो वर्ष वैदेशिक सहायतामा ठूलो गिरावट आएको छ। वैदेशिक सहायता परिचालनका लागि संघीय संरचनाअनुसारको नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो वर्षको तुलनामा सरकारले प्राप्त गर्ने वैदेशिक सहायता घटेको हो।

सरकारले वैदेशिक सहायता परिचालनका लागि आवश्यक विकास सहायता नीति, विकास सहायता परिचालन मार्गदर्शनलगायतका नीति निर्माण गर्न सकेको छैन। नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ३८.१७ प्रतिशतले कमी आएको छ।

अर्थ मन्त्रालयले तयार पारेको ‘आर्थिक वर्ष २०७४ ७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन’ अनुसार सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ५८ अर्ब १३ करोड ११ लाख रुपैयाँ कम वैदेशिक सहयता प्रतिबद्धता प्राप्त गरेको छ।

‘मुलुक संघीय संरचनामा रूपान्तरण भएको अवस्थामा वैदेशिक सहायता परिचालनका लागि सोहीअनुसारको नीतिगत व्यवस्था तयार हुन बाँकी छ’, अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको छ, विकास सहायता नीतिबाट वैदेशिक सहायताको सीमा कायम गरिएको भए पनि विभिन्न तरिकाबाट सहायता खण्डीकरण हुने समस्या कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.