|

काठमाडौं : सरकारले ३० वटा मन्त्रालयलाई गाभेर १७ वटा कायम गरेपछि कर्मचारी संख्या पनि कटौती हुने भएको छ। यसरी कटौती हुने संख्यामा ३० प्रतिशतसम्म हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले बताए।

केन्द्रीय मन्त्रालयमा बढी भएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाइने छ। नयाँ कायम गरिएका १७ मन्त्रालयको संरचना तोक्न संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओ एन्ड एम)को काम अन्तिम चरणमा पुगेको छ।

ओ एन्ड एम सर्भेक्षण प्रतिवेदन एक दुई दिनमै मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालयले ओ एन्ड एम सर्भेक्षणको काम गरेको हो। मन्त्रालय संरचना निर्धारण र कर्मचारी व्यवस्थापनका लागि १७ वटै मन्त्रालयका प्रतिनिधि राखेर काम गरिएको हो।

स्रोतका अनुसार संघीय मन्त्रालयहरुमा कटौती हुने कर्मचारीमा अधिकांश सहसचिव, उपसचिव, खरिदार, सुब्बा तहका छन्। शाखा अधिकृतसरहका कर्मचारी भने कटौतीमा पर्ने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.