|

काठमाडौं : मौसम परिवर्तन हुने समयमा धेरैले भोग्ने र सामान्य ठान्ने मौसमी रुघाखोकी (सिजनल फ्लु) आक्रामक बन्दैछ। भाइरस(फ्लु)ले स्वरुप परिवत बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरसको प्रवेशसँगै देदा परेकोे यस्तो रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि एक कारण भएको चिकित्सक बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा रुघाखोकी लगातार लागिरहने र निको भएको केही दिनमै फेरि दोहोरिने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ। डा. पुनका अनुसार कतिपय ‘लिट्रेचर’हरुमा समेत देखिएको तर नेपालमा प्रमाणि भइनसकेको ‘पोस्ट भाइरद कफ’का कारणसमेत यस्तो समस्या देखिएको हुनसक्छ। उनले भने, ‘यसले तीन सातादेखि आठ सातासम्म संक्रमण गराउँछ।’

सामान्यतः मौसम परिवर्तनका बेला ‘ए’ जातिका भाइरसको संक्रमणले यस्तो गराउँछ। कुने समयमा स्वाइन फ्लुको नामले चिनिने एच१एन१ प्रजातिको भाइरस पनि इन्डेमिक (साधरणरुपमा फैलिरहने) भाइरसमा परिवर्तन हुनु र रुघाखोकीमा सावधानी नअपनाइनुले जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.