|

काठमाडौं :  मलेसियाको सस्तोमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बेन्यामिन इस्मेलले चार किस्तामा सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप चार महिना म्याद दिएको छ।

एयर एसिया एक्सका सिइयो इस्मेलले शुक्रबार त्रिभुवन विमानस्थल व्यवस्थापनलाई एमेल गरी चार किस्तामा आगामी वर्ष साउन १५ गतेभित्र सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएपछि विमानस्थल व्यवस्थापन थप लचिलो बनेको हो।

यसअघि विमानस्थलले फागुन २२ गतेभित्र सम्पूण बक्यौताबापत ४० करोड रुपैयाँ चुक्ता नगरे एयर एसिया उक्सको नेपाल उडानम प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यसबारे उसले पत्रमार्फत एर एसियाको मुख्यालयलाई जानकारी दिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.