|

काठमाडौं : भत्ताकै लागि विदेश भ्रमण जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ।

सरकारले चालू आवमा कर्मचारीको विदेश भ्रमणका लागि ‘भ्रमण खर्च’ शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगेर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ।

चालू आवको बजेट खर्चमा ‘खर्च शीर्षक नम्बर २२६१२’ मा सरकारी कर्मचारीका लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ। बजेटमा कर्मचारी ‘भ्रमण शीर्षक’मा एक वर्षका लागि १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ। सो शीर्षकको रकम सरकारी कर्मचारीको विदेश भ्रमण र सरुवा भत्तामा खर्च गरिन्छ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आलू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको विदेश भ्रमणमा २ अर्ब १४ करोड ८२ लाख ८६ हजार रुपैयाँ खर्च भइसेको छ। भ्रमण शीर्षकको अधिकांश रकम विदेश भ्रमणका नाममा खर्च भइएको छ। यो अवधिमा चार हजारभन्दा सरकारी कर्मचारीले विदेश भ्रमण गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.