|

काठमाडौं : टेकुस्थित ट्रपिकल तथा सरुवारोग अस्पतालले कुकुरले टोकेका बिरामीलाई गत साउनदेखि माघसम्म करिव ५७ हजार ४३९ पटक एन्टिरेबिज खोप लगाइदिएको छ।

कुकुरले टोकेमा एक जनाले कम्तीमा चार पटक एन्टिरेबिज खोप लगाउनुपर्छ। यस आधामार गत साउनदेखि माघसम्म कुकुर, बिराला, स्याललगायत जनावरले टोकका कम्तीमा १४ हजार ५०० बिरामी टेकु अस्पताल पुगेको देखिन्छ। एन्टिरेबिज खोपका लागि अस्पताल पुग्नेमध्ये कुकुरले टोकेका सबैभन्दा धेरै हुने गर्छन्।

अस्पतालका अनुसार हरेक वर्ष कुकुरले टोकेका बिरामीको संख्या पाँच हजारले बढिरहेको छ। दुई तीन वर्षअघिसम्म प्रत्येक वर्ष १८ हजारको हाराहारीलाई कुकुरले टोक्ने गरेकामा यो संख्या बढ्दो छ।
अस्पतालका अनुसार सबैभन्दा बढी साउनमा नौ हजार २९६ पटक एन्टिरेबिज खोप लगाइएको पाइएको थियो । त्यसपछि हरेक महिना सात हजार पटकको हाराहारीमा खोप लगाइएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.