|

काठमाडौं : सरकारले आगामी दुई बर्षभित्र सम्पूर्ण नेपालीको पहुँचमा इन्टरनेट सेवा पुर्‍याउने नीति लिएपनि यसको प्रयोगको वृद्धिर भने त्यस अनुसार हुन नसकेको पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकको इन्टरनेट प्रयोग वृद्धिदर वार्षिक आठ प्रतिशतमात्र रहेको छ। प्राधिकरणले मंगलवार सार्वजनिक गरेको पुसको एमआइएस रिपोर्ट अनुसार कुल इन्टरनेट पहुँच ६३.८१ प्रतिशत पुगेको छ। गत वर्ष पुसको तथ्यांकभन्दा यो आठ प्रतिशतले बढी हो।

सरकारले सूचना तथा प्रविधि नीति, २०७२ मा सन् २०२० सम्ममा सम्पूर्ण नेपालीमा इन्टरनेटको पहुँच सुनिश्चित गरिने भनेको थियो। साथै ब्राेडब्याड नीति २०७१ ले पनि उक्त मितिमा प्रत्येक जिल्लाका सपूर्ण सरकारी निकायहरुमा ब्रोडब्याड सेवा उपलब्ध गराउने लक्ष राखको छ। समयमै सरकारको लक्ष्यलाई  भने अहिलेको इन्टरनेट विस्तारले नपुग्ने देखिन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.