|

काठमाडौं : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आइसक्दा पनि मुलुकमा पञ्चायती र राणाशासनकै झल्को दिनेगरी तक्मा वितरण भइरहेको छ।

विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुलुकका तर्फबाट दिइने कदर तचथा सम्मानस्वरूप मानपदी, अलंकार, तथा पदकजस्ता विभूषण (तक्मा) प्रदान गर्नुपर्ने प्रावधान छ। तर तक्मा वितरण गर्दा कानुनी प्रावधानलाई पूरै बेवास्ता गरिँदै आएको छ।

गृह मन्त्रालयले विभूषण वितरणमा मात्रै वार्षिक ६ करोड रुपैयाँ खर्च हुने बताएको छ। यति ठूलो रकम खर्च गरेर तक्मा वितरण गरिए पनि वर्सेनि विवादित हुने गरेको छ। मन्त्रालयका अनुसार वार्षिक ६ करोडका दरले पनि हालसम्म तक्माका लागि अबौं रकम खर्च भइसकेको छ।

विगतमा व्यक्तिगत सोर्सफोर्स र पहुँचका आधारमा तक्मा वितरण हुने क्रम बढेपछि बर्सेनि विवादित हुँदै आएको थियो। तक्मा वितरणको घोषणा प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन हुने गर्छ। यसपटक पनि मन्त्रालयले तक्मा वितरणका लागि आवश्यक प्रक्रिया थालिसकेको जनाएको छ।

गृहसचिव मोहनकृष्ण सापकोटाले तक्मा वितरणलाई वैज्ञानिक र व्यवस्थित बनाउन जरुरी रहेको बताए। मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलले विभूषण वितरण गर्ने पुरानो शैली र चलनमा आमूल परिवर्तनको खाँचो रहेको जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.