|

काठमाडौं : नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं. ५ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बलाधिकृत रथी पूर्णचन्द्र थापाले एक विशेष समारोहबीच नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरमा शुभारम्भ गरेका छन्। उक्त तालिममा २९ जना महासेनानी शिक्षार्थीहरूको सहभागिता रहेको छ।

बलाधिकृत रथी थापाले तालिमका सहभागीहरूलाई सम्बोधन गर्दै यस किसिमका तालिमले पृतना, आर्मी तथा बहुर्राष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरू तयार पार्नुका साथै विषम परिस्थितिको मूल्यांकन गरी जटिल अपरेसनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम हुने बताए।

त्यसैगरी जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भूराजनीति तथा अन्य तत्त्वहरूले पार्न सक्ने सुरक्षा चुनौतीको महत्त्वपूर्ण विश्लेषणका लागि उच्चस्तरको परिस्थितिजन्य मूल्यांकन क्षमता र पेसागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासका निम्ति यस किसिमको तालिम फलदायी हुने विश्वाससमेत थापाले व्यक्त गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.