|

काठमाडौं : १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै  आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली बगैंचालाई नयाँ संघीय संसद् भवन निर्माणस्थल निर्धारण गरिएको छ।

पुरानो सैसद् भवनको अघिल्तिर उत्तः नयाँ भवन बनाउने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ। प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाह अनुसार पुतली बगौचामा संसद भवन  बनाउने सहमति भइसकेको जानकारी संसद् सचिवालयमा आइसकेको प्रवत्ता भरतराज गौतमले बनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.